योगेश भट्टराईसँग मागियो राजिनामा

नेमोकिपाका सांसद प्रेम सुवालले प्रतिनिधिसभामा बैठकमा बोल्दै पर्यटनमन्त्री योगेश भट्टराईको राजिनामा मागेका छन् । सुवाल बिहिबारको प्रतिनिधीसभाको विशेष समयमा बोलेका थिए ।

उनले पर्यटन मन्त्रालयले राष्ट्रिय सभामा पेश गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धि विधयेकमा सामान्य भाषा समेत नहेरेर संसदको मर्यादामा चोट पु-याएको भन्दै राजिनामा मागेका हुन् ।



‘कतिपय विधेयकमा अप्रासंगिक विषय समेटिएको छ । भाषा र व्याकरणमा समेत ध्यान नदिएको देखिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण सम्बन्धी विधयेक दफा १० मा अनुसांगिक त्रुटी भएको भन्दै उनले अर्मयादित विधेयक पेश गर्ने पर्यटनमन्त्रीले राजिनामा दिनुपर्ने बताए।

सम्बन्धित समाचार