नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले केक काटेर जन्मदिन मनाउने नेपाली संस्कृति नभएको बताएकी छिन् । केक काटेर जन्मदिन मनाउने संस्कृति समान्ती संस्कृति भएको उनको भनाई छ ।
विहिबार वामगती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा शाक्यले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा उनले प्रश्न सोधिन् ‘नेपालको नक्साको केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो रु’
शाक्यले नेतृत्वको कार्यशैलीबाट नेता कार्यकर्तामा उत्साह हराएको तथा बिचलन आएको बताइन् । भनिन्, ‘केक काटेर जन्मदिन मनाउने चलन हाम्रो संस्कृति होइन । होइन कामरेड ! यो । त्यसमा पनि नेपालको नक्सा बनाएर आमालाई चिराचिरा पार्ने काम कहाँबाट आयो । नेपाल भनेको आमा हो । मैले यति मात्रै भन्न चाहे ।’
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनको अवसरमा नेपाली नक्शा आकारको केक काटेका थिए । शाक्यले उक्त घटनालाई लक्षित गर्दै कम्युनिस्ट पार्टीका नेता कार्यकतामा सामन्ती संस्कार देखिनु चिन्ताजनक भएको बताइन् । सत्तामा बसेर पार्टीका नेताहरु लेनदेनमा संलग्न हुनु गलत भएको नेतृ शाक्यले बताइन् ।
नेताहरुले आफ्नो धरातल बिर्सन नहुनेमा जोड दिँदै गणतन्त्रमा पनि नेताहरुमा सामन्ती सोच आर्थिक चलखेल बढेको बताइन् । ‘किन परिवर्तन हुन सकेनौँ । किन गणतन्त्रको नेता बन्न सकिएको छैन । किन संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा इमानदार नेता बन्न सकिएको छैन । यसो भन्दा धेरै भनेजस्तो लाग्छ भन्नुपर्ने अवस्था पनि आएको छु, उनले भनिन्, ‘धेरैलाई पीडा भएको हुनाले मैले अभिव्यक्त गरिरहेको छु ।’
केक काटेर खान मन लागे अन्य दिनहरुमा पनि काटेर खान मिल्ने तर जन्मदिन बत्ति बालेर र केक काटेर नमनाउन पनि उहाँले आग्रह गरिन् । ‘तपाईँलाई काट्न मन लागेको छ भने काटेर खानुहोला तर जन्मदिननमा केक नकाट्नुहोला । बत्ती ननिभाइ दिनुहोला । बत्ति बाल्दिनुहोला उज्यालोको भविष्यका लागि हो त्यो । जन्मदिन भनेको एक स्टेप पाको भयौँ, उज्यालौँ भयौँ प्रगति र्गयौं भनेर देखाउने कुरा हो । त्यसैले जन्मदिनमा केक काटेर होइन बत्ती बालेर उज्यालोको खोजी गरौँ प्रगतिको खोजि गरौँ’, उनले भनिन् ।