विभिन्न ७ देशमा कोरोना भाइरस९कोभिड–१९०को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन९डब्लुएचओ०ले सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि चेतावनी दिएको छ ।
‘प्रत्येक देश पहिलो केसका लागि तयार हुनैपर्छ,’ बिहीबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले भने, ‘कुनै पनि मुलुकले कोभिड-१९ भित्रिन्न भनेर बस्न हुँदैन, त्यस्तो गरे गम्भीर गल्ती हुनेछ। कोभिड-१९ ले बोर्डरको मतलब राख्दैन।’ साथै महानिर्देशक गेहब्रेयससले कोरोना भाइरसले जात र जातीयताको पनि फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि नहेर्ने भएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने बताए ।
चीनमा तुलनात्मक रुपमा कोभिड(१९ संक्रमण घट्दै गए पनि युरोप र मध्यपूर्वमा यसको असर देखिन थालेपछि चिन्ताको विषय बनेको उनले बताए । बिहीबार ब्राजिल, जर्जिया, ग्रीस, नर्थ म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा कोभिड–१९ को संक्रमण पहिलो पटक देखिएको छ ।
‘हामी एकदमै निर्णायक मोडमा रहेका छौं,’ महानिर्देशक गेहब्रेयससले भने, ‘इरान, इटाली र दक्षिण कोरियामा देखिएको असरले कोभिड–१९ कति खतरनाक छ भनेर देखाएको छ ।’ इरान, इटाली र दक्षिण कोरियामा अचानक संक्रमण बढेपछि चिन्ता बढेको पनि उनले बताए। महानिर्देशक गेहब्रेयससले सही ढंगले सतर्कता र रोकथामका उपाय अपनाए यसलाई रोक्न सकिने पनि बताए । सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि, अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नुपर्ने उनले बताए । एउटा केस र सयवटा केसको पूर्वतयारी एउटै नहुने भन्दै सबै देश त्यसका पूर्ण रुपमा तयार भएर बस्नुपर्ने चेतावनी पनि उनले दिए ।