नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ फागुन ।
एनआईसी एशिया बैंक लिमिटेड र आस्ट्रेक क्लाइम्बिङ वाल प्रालिका बीच बैंकका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूलाई सो कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको बागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुबले हस्ताक्षर गरेका हुन् ।
उक्त समझदारी अनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३०% छुट पाउने छन् साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई ५०% छुट हुने बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्झौताअनुसार उक्त छुट सुविधा १ वर्षसम्म लागु हुनेछ । यस समझदारीले यस खेलमा रमाउन चाहनुहुने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ । बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।
बैंकले डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी व्यापारिक प्रतिष्ठानहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्ने व्यवस्था लागु भइसकेको पनि बैंकले जनाएको छ ।