७० करोड कमिशन प्रकरण : मिश्रविरूद्ध बाँस्कोटाले दिए उजुरी (मुद्दाको पूर्ण पाठ सहित)

निर्वतमान सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटले विजयप्रकाश मिश्रविरूद्ध मुद्दा दर्ता गरेका छन् । मिश्रविरूद्ध आफूले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

आफूविरूद्ध विरूद्ध लगाइएको झुट्टा लाञ्छना र गालीबेइज्जतीको विरूद्धमा आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको बाँस्कोटाले जानकारी गराएका छन् ।



उनले फेसबुकमा लेखेका छन् ‘ मविरूद्ध लगाइएको झुट्टा लाञ्छना र गालीबेइज्जतीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको सबैमा जानकारी गराउँदछु ।’

मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनका लागि बाँस्कोटाले बार्गेनिङ गरेको अडियो सार्वजनिक गरेका थिए । त्यसपछि सोही कारणले बाँस्कोटाले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए । विहीबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली पनि उक्त अडियो प्रकरणमा कुनै सत्यता नभएको भन्दै बाँस्कोटाको बचाउको लागि बोलेका थिए ।

सम्बन्धित समाचार