उत्तर कोरियामा कोरोनाको संक्रमितलाई किमले दिए गोली हान्ने आदेश !

उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नो देशमा पहिलो पटक फेला परेका कोरोना भाइरसबाट संक्रमितलाई मृत्युदण्डको सजाय तोकेका छन् । उनले कोरोना भाइरसबाट संक्रमित आफनो देशका नागरिकलाई गोली हान्ने आदेश दिएका हुन् ।

इन्टरनेसनल बिजनेस टाइम्सले उत्तर कोरियामा कोरोना भाइरस संक्रमित विरामी फेला परेपछि किमले संक्रमण फैलिन नदिन गोली हान्ने आदेश दिएको समाचार प्रकाशित गरेको आजतकले जनाएको छ ।



ती संक्रमित चीनबाट फर्किएका व्यापारी रहेको बताइएको छ । तर, उत्तर कोरियाले जारी गरेको एक आधिकारिक बयानमा कोरोना भाइरस संक्रमित बिरामी फेला नपरेको र परिस्थितिसँग सामना गर्न तयारी गरिएको दाबी गरिएको छ ।

चीनबाट फैलिएको कोरोनाका कारण अहिलेसम्म दुई हजार आठ सय ७० जनाको मृत्यु भइसकेको छ । संक्रमणका कारण चीनको अर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको छ ।

सम्बन्धित समाचार