दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।
अस्पताल पुगेका प्रधानमन्त्री ओली हात हल्लाउँदै अस्पतालको वार्ड प्रवेश गरेका थिए । अस्पताल अगाडि जम्मा भएका सुभेच्छुकप्रति अभिवादन गर्दै प्रधानमन्त्री ओली वार्डमा प्रवेश गरेका हुन् । यद्यपि उनले कुनै प्रतिक्रिया भने दिएनन् ।
अस्पताल भर्ना हुनु अगाडि एउटा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अस्पताल बसाइका क्रममा सरकारका तर्फबाट गरिनुपर्ने नियमित तथा भइपरी आउने कामका सन्दर्भमा निर्णय लिने गरी संयन्त्र तयार गरेर राखेको बताएका थिए ।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दैछिन् ।