प्रधानमन्त्री ओलीको ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गराइयो

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) भर्ना भएका प्रधानमन्त्री ओलीको डायलाइसिस गरिएको छ । टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्काका अनुसार आज बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीको डायलाइसिस गराइएको हो ।

‘प्रधानमन्त्री ओली ज्यूको आज बिहानै डायलाइसिस गराइएको हो,’ डा खड्काले भने, ‘बिहान साढे ९ बजे नै डायलाइसिस शुरु गरिएको हो । अहिले डायलाइसिस गरेर सकियो ।’ मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडि रगतमा हुने टक्सिनहरु निकाल्न ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरिएको हो ।



अस्पतालका निर्देशक डा। खड्काका अनुसार प्रधानमन्त्री ओलीको अहिले प्रत्यारोपण अगाडी गरिने विभिन्न स्वास्थ्य परीक्षणहरु भइरहेको छ । प्रधानमन्त्री ओलीको भोलि ९ बुधबार० मिर्गौला प्रत्यारोपण गर्नका लागि टिचिङको नेफ्रोलोजी विभागमा हिजो ९सोमबार० नै भर्ना गरिएको थियो ।

तर, प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण कुन समयदेखि शुरु गर्ने भनेर अझै टुंगिन बाँकी रहेको डा. खड्काले बताए । भोलि कुन समयमा मिर्गौला प्रत्यारोपण गर्ने भनेर चिकित्सकहरुबीच छलफल गर्ने र समय बेलुकासँग निर्क्रयौल गर्ने डा खड्काले बताए ।

‘कतिबेलादेखि प्रत्यारोपणका लागि अप्रेसन शुरु गर्ने भनेर अहिले निश्चित भएको छैन । त्यसका लागि आज ४ बजे अस्पतालका सर्जन लगायत प्रधानमन्त्रीको उपचारमा खटिने सबै चिकित्सकको छलफल राखेका छौं,’ डा खड्गाले भने, ‘त्यहि छलफलपछि नै कुन समयदेखि शल्यक्रिया शुरु गर्ने भन्ने टुंगो लाग्छ ।’

भोलिको शल्यक्रियाको तयारीका लागि प्रधानमन्त्री ओली आज राति १० बजेदेखि केही पनि नखाइ बस्ने खड्काले बताए ।

सम्बन्धित समाचार