राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आफ्नो पदबाट दिएको राजीनामा आज स्वीकृत गरेकी छिन्।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा डा खतिवडाले सम्हाली आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
बुधबार खतिवडालाई नै अर्थमन्त्रीको रुपमा पुन: नियुक्त गर्ने सरकारको तयारी रहेको चर्चा छ । मन्त्री नियुक्त भएको ५ महिनाभित्र संसदको सदस्य भैसक्नुपर्ने कानूनी प्रावधान रहेको छ ।