नेपालको यात्रा गरी स्पेन पुगेका एक नागरिकको ‘कोभिड १९’ भनिने कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । कोरोना संक्रमित भएको भेटिएपछि ती नागरिकलाई स्पेनको भ्यालेन्सिया अस्पतालमा राखिएको, तर उनको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
डेलीमेलका अनुसार यो नै कोरोना भाइरसका कारण स्पेनमा मानिसले ज्यान गुमाएको पहिलो घटना हो । नेपाल घुमेर गएका भनिएका ती व्यक्तिमा शुरुमा निमोनिया देखिएको थियो । तर त्यो निमोनियाको प्रकार स्वास्थ्य अधिकारीहरुले नै पत्ता लगाउन सकेका थिएनन्।
स्पेनमा अहिलेसम्म १६५ जनामा कोरोना संक्रमण देखिएको छ र यी मध्ये ४६ जना मड्रिडकै रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।