प्रधानमन्त्रीलाई आईसीयूमा सारियो

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएसँगै उनलाई आइसीयूमा सारिएको छ । त्रिवि शिक्षण अस्पताल महारागजञ्जमा बुधबार सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रत्यारोपण सफल भएसँगै उनलाई चार बज्नु केही अघि आईसीयूमा सारिएको हो । बुधवार (आज) त्रिवि शिक्षण अस्पतालमा डा। प्रेम राज ज्ञवालीको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला सफल रुपमा प्रत्यारोपण गरेको हो ।



आज विहान १० बजे प्रधानमन्त्री ओलीलाई प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा लगिएको थियो । ‘प्रधानमन्त्रीज्यूमा मिर्गौैला प्रत्यारोपणको काम सफता पूर्वक सम्पन्न भएको छ’ प्राडा. प्रेमराज ज्ञवालीले भने,‘ प्रत्यारोपण सकिएको १५ मिनेटपछि ५ सय एमएल पिसाव भएको छ ।’

प्रधानमन्त्रीलाई उनकी भान्जी पर्ने समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनको अवस्था पनि राम्रो रहेको अस्पताल स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार