नखिपोटमा सिभिल बैंकको नयाँ शाखा

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको नखिपोटमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । हालै एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले सिभिल बैंक लिमिटेडको नखिपोट शाखाको समुद्घाटन गरेको बैंकबाट प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कम्युनिटी चाइल्ड केयर सेन्टरलाई उक्त संस्थामा आश्रित बालबालिकाहरूका लागि २० थान ब्ल्याङ्केट पनि प्रदान गरियो । सो ब्ल्याङ्केट सिभिल बैंकका अध्यक्ष ई. ईच्छाराज तामाङ्गद्वारा सेन्टरकी अध्यक्ष बिष्णु थापालाई प्रदान गरिएको थियो ।



शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले नखिपोटमा शाखा स्थापनासँगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकूल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफूलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसँग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक नखिपोट शाखाले यस क्षेत्रका सम्पूर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानीयहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला ब्यापार व्यवसायलगायत अन्य व्यक्तिगत कर्जाहरू जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

सम्बन्धित समाचार