मन्त्रीसहित यात्रु लिएर पोखरा उडेको विमान आपतकालीन अवतरण

मन्त्रीसहितको यात्रु लिए पोखराको लागि उडेको बिमान आकस्मीक रुपमा अवतरण गरिएको छ । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल सहितको यात्रु लिएर पोखरा उडेको यति एअरलाईन्सको विमान करिब १० मिनेटमा काठमाडौं विमानस्थलमा आकस्मिक अवतरण भएको छ ।

आज विहान साढे ९ बजे काठमाडौंबाट पोखरा जानका लागि उडेको विमान प्राविधिक कारणले गन्तब्यमा नपुग्दै पुनः काठमाडौं विमानस्थलमा आपतकालिन अवतरण भएको हो । विमानमा सवार सबै सकुशल रहेको एअरलाईन्सले जनाएको छ ।



सम्बन्धित समाचार