इटालीद्वारा देशभर आवातजावतमा रोक लगाउने निर्णय

बढ्दो कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा दिदैं इटालीले देशभर आवतजावतमा प्रतिबन्ध लगाउनुका साथै सार्वजनिक जमघट गर्न रोक लगाएको छ । सोमबार प्रधानमन्त्री गुसेप कोन्टेले जनतालाई घरभित्रै बस्न र अत्यावश्यक यात्राका लागिमात्र अनुमति लिन आदेश दिएका छन् ।

उनले सबैभन्दा कमजोरहरूलाई जोगाउनका लागि पछिल्लो उपाय अपनाउनुपरेको बताएका छन्। ‘अब धेरै समय छैन’, उनले भने। उनले यसका लागि सबै मानिसहरू घरभित्र बस्नु नै उत्तम हुने बताएका छन् । ‘हाम्रोमा संक्रमण र मृत्युमा महत्वपूर्ण वृद्धि भएको छ’, सोमबार साँझको सम्बोधनमा कोन्टेले भने, ‘पूरै इटाली सुरक्षित क्षेत्र हुनेछ।’



केही दिनयता इटाली कोरोनाभाइरसबाट चीनपछि सर्वाधिक प्रभावित देश बनेको छ । सोमबारसम्म कोरोनाभाइरसको संक्रमणबाट इटालीमा ज्यान गुमाउनेको संख्या ३६६ बाट ४६३ पुगेको छ भने संक्रमितको संख्या २४ प्रतिशतले बढेको छ। बिबिसीमा प्रकाशित समाचारका अनुसार इटालीका सबै २० क्षेत्रमा कोरोनाभाइरसको संक्रमण भेटिएको छ।

सम्बन्धित समाचार