उत्तर कोरियाले छोटो दूरीको मार हान्न सक्ने सोमबार तीन क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । महत्वपूर्ण एक्सन लिने बताएको दुई दिनपछि उत्तर कोरियाले पूर्वी तटतर्फ छोटो दूरीमा मार हान्न सक्ने तीनवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।
प्रक्षेपण गरिएका मिसाइलहरु ५० मिटर माथिबाट २०० किलोमिटर टाढासम्मको मार हान्न सक्नेछन् । सिओलस्थित जोइन्ट चिफ अफ स्टाफ पार्क हान–कीले जारी गरेको विज्ञप्ति अनुसार उत्तर कोरियाले दक्षिण हाङयोङ प्रान्तबाट पूर्वी तटीय क्षेत्रतर्फ तीन मिसाइल प्रक्षेपण गरेको हो ।
जापानको रक्षा मन्त्रालयका प्रवक्ताले पनि उत्तर कोरियाले तीनवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेका छन् ।