होलीमा भाइरसको चिन्ता : भारतमा जलाइयो ‘कोरोनासुर’ को पुत्ला

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर त्रास फैलिएको छ । १ सय १० भन्दा बढी राष्ट्रमा फैलिएको भाइरस संक्रमण कारण १ लाखभन्दा धेरै मानिस संक्रमित भएका छन् । ३ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ। भाइरसको संक्रमणको डरले विश्वभर सतर्कता अपनाउन थालिएको छ।

यसैबीच भारतमा हिजो कोरोनोको त्रासबीच होली मनाइयो । होलीको एक दिनअघि भारतमा होलीका दहन गर्ने परम्परा रहेको छ । रावणकी बहिनी होलीकाको मृत्युसँगै होली मनाउन शुरु गरिएको कथनसमेत रहेको छ । त्यसैले होलीको पूर्वसन्धामा भारतभर होलीका दहनको स्वरुपमा भुस र गोबर बाल्ने गरिन्छ । त्यसमा होलीकाको तस्विरसमेत राख्ने गरिन्छ ।



भारतमा करिब ४० जनालाई कोरोनाको संक्रमण देखिएको छ । राजधानी नयाँ दिल्ली, बैंगलोर, कर्नाटक, केरलामा भाइरस संक्रमितहरुको पहिचान भएको छ । असत्यमाथि सत्यको जीतको रुपमा मनाइने होलीमा यसपटक फरक तस्विरहरु सार्वजनिक भए । कोरोनाको त्रासमा होली मनाइरहेको भारतीयहरुले यसपटक होलीका दहनका रुपमा ‘कोरोनासुर’ दहन गरे ।

दानव रुपी तस्विरमा ‘कोरोना भाइरस’ लेखि विभिन्न स्थानमा ‘कोरोनासुर’ दहन गरिएको थियो ।

 

सम्बन्धित समाचार