नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ फागुन ।
एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लिगल रेमिटमार्फत् रकम पठाएर एनआईसी एशिया रेमिटबाट तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् । विप्रेषण रकम नेपालभित्रका जुनसुकै एनआईसी एशिया बैंकको खातामा समेत पठाउन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लिगल रेमिटमार्फत् अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका उनीहरूका आफन्तहरू वा अन्य व्यक्तिहरूले यस एनआईसी एशिया बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखाहरू, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत सरल र सुलभ रूपमा भुक्तानी पाउन सकिने छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका पनि विज्ञप्तिमा उल्लेख छ ।