कालापानी क्षेत्रका विदेशी सेना हटाउने प्रस्ताव दोस्रोपटक हट्यो प्रतिनिधिसभा कार्यसूचीबाट

नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हताएकामा नेकपाका सांसदले आपत्ति जनाएका छन् ।

संघीय संसद् सचिवालयले बिहीबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठकमा दर्ता गरेको प्रस्ताव पेस हुने अवस्थामा थियो ।



तर, अन्तिम समयमा आएर सचिवालयले सो कार्यसूचीमा संसोधन गर्दै त्यो विषयलाई नै हटाइएको थियो । संकल्प प्रस्तावलाई कार्यसूचीबाट हटाइएको यो दोस्रोपटक हो । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

सम्बन्धित समाचार