प्रचण्ड र माधवले भेटे प्रधानमन्त्री ओलीलाई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई भेटेर पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनीहरुले छुट्टा छुट्टै ओलीलाई भेटेका हुन् ।

भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । शुक्रबार त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओली चिकित्सकको पूर्ण निगरानीमा सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन् । डिस्चार्जलगत्तै शनिबारबाटै प्रधानमन्त्री ओलीले पार्टीका शीर्ष तहका नेताहरूसँग भेट शुरु गरेका हुन् ।



प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण पनि भेटवार्तामा राजनीतिक विषयमा भने धेरै कुराकानी नभएको बताइएको छ । प्रधानमन्त्री ओली डिस्चार्ज भएलगत्तै सरकारी निवास बालुवाटारमा मुख्य सल्लाहकार रिमालसहित अन्य सल्लाहकार र सचिवालय सदस्यहरूले शुक्रबार टाढैबाट भेट गरेर स्वास्थ्यलाभको कामना गरेका थिए । शनिबार भने प्रचण्ड र नेपालबाहेकसँग प्रधानमन्त्रीको भेट नभएको रिमालले जानकारी दिए ।

सम्बन्धित समाचार