राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

राष्ट्रियसभा बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सेनाले विभिन्न विषयगत समितिमा सदस्यहरु मनोनयनको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । त्यस्तै आजको बैठकमा राष्ट्रियसभा सदस्यहरु सुमनराज प्याकुरेल प्रस्तावक र खिमलाल भट्टराई, अनिता देवकोटा, रामनारायण विडारी, शेखर कुमार सिंह र प्रमिला कुमारी समर्थक रहेको तराई मधेशको बाढी तथा डुबान सम्बन्धी समस्याहरुको दीर्घकालीन समाधन सम्बन्धी ध्यानाकर्षण प्रस्तावमा छलफल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले पारमाणविक विधेयक २०७५ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिव राजेन्द्र फुयाँलले बताए ।



बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक पेश गर्ने भएका छन्। त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तुकमार नेम्बाङले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ।

सम्बन्धित समाचार