नवकान्तिपुर संवाददाता
काठमाडौं, २ चैत्र ।
मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरूको विभिन्न वित्तीय आवाश्यकताहरू पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन साथै बचत खाताहरूमा नवीनत्तम सुविधाहरू प्रदान गर्दै जाने योजना अनुरूप कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा बैंकको सहायक कम्पनीको रूपमा रहेको मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने व्यवस्था मिलाइएको बैंकबाट जारी विज्ञप्तिमा जनाएको छ ।
मुक्तिनाथ विकास बैंकका देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वयम् उपस्थित भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टाभित्र हितग्राही खाता उपलब्ध गराइने व्यहोरा समेत बैंकले जनाएको छ । भौतिक सेयर प्रमाणपत्रलाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने छ । यो योजना सीमित अवधिको लागि मात्र लागु हुनेछ ।
यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरू मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा लगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरूङ्गले बताए ।