कोरोनाको आशंका गरिएका एक बिरामीले दिल्लीको सफदरगञ्ज अस्पतालमा आत्महत्या गरेका छन् । अस्ट्रेलियाको सिड्नीबाट फर्किएका ३५ वर्षीय व्यक्तिले क्वारेन्टाइनमा राखिएका बेला अस्पतालको सातौं तलाबाट हामफालेर आत्महत्या गरेको भारतीय मिडियामा खबर छ ।
हिन्दूस्तान टाइम्सले अस्पतालको एक कर्मचारीलाई उद्धृत गर्दै जनाएअनुसार उनको शरीरबाट निकालिएको स्वाबको नमूना परीक्षणका लागि पठाइएको थियो, नतिजा भने आएको थिएन ।
दक्षिण–पूर्व दिल्लीमा कार्यरत डीएसपी देवेन्द्र आर्यका अनुसार ती व्यक्ति पञ्जाबको शहीद भगत सिंह नगर जिल्लाका स्थायी बासिन्दा हुन् र एक वर्षदेखि सिड्नीमा थिए । प्रहरीले उनको मृत्युबारे प्रहरीलाई जानकारी गराइसकेको छ भने पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।