मानिसबाट जनावरमा सर्‍यो कोरोना भाइरस, न्यू योर्कमा बाघ संक्रमित

मानिसबाट सरेको कोरोना भाइरसले पहिलो पटक जनावर विरामी परेको छ । ब्रोंक्स चिडियाखानाका प्रमुख भेटेनेरियनले आइतबार संक्रमणका कारण आफ्नो एक बाघलाई कोभिड-१९ भएको बताएका हुन् । सो चिडियाखानामा रहेको ४ वर्षे नादिया नाम गरेको मलायान बाघमा कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो।

नादियासहित चिडियाखानाका अन्य तीन बाघ र तीन सिंहमा सुख्खा खोकी विकसित भएपछि उनीहरूमध्ये सबैभन्दा बिरामी नादियाको कोभिड-१९ परीक्षण गरिएको थियो । कोभिड-१९ गराउने यो भाइरस जनावरबाट मानिसमा सरेको अनुमान गरिदैं आइएको थियो र यसअघि हंगकंगका केही जनावरहरूको परीक्षण नतिजा ‘पोजेटिभ’ आएको थियो।



संक्रमणको कुनै लक्षण नदेखिएका सो चिडियाखानाका कर्मचारीको सम्पर्कमा आएपछि नादिया बिरामी परेकाले यो एउटा पृथक केस भएको विश्वास चिडियाखानाका प्रमुख भेटेनेरियन पल कालेले बताएका छन् । पलले कुन कर्मचारीबाट नादियालाई संक्रमण भएको हो भन्ने पत्ता नलागेको बताए ।

सम्बन्धित समाचार