मुम्बइमा एकै अस्पतालका २६ नर्स र तीन चिकित्सकलाई कोरोना पोजिटिभ, अस्पताल बन्द

विश्‍वभर कोरोनाको महामारी फैलिरहँदा मुम्बईको एक अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । मुम्बईको वोकहार्ट अस्पताल कार्यरत नर्स र चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल अस्थायी रुपमा बन्द गरिएको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरिएको छ ।

मुम्बईका सरकारी अधिकारीका अनुसार एकै अस्पतालमा यति तीव्र रुपमा २९ स्वास्थ्यकर्मीलाई कसरी कोरोना देखियो भन्‍ने विषयमा अनुसन्धान गर्न छानबिन टोलीलाई निर्देशन दिइएको छ ।



यसका साथै उक्त अस्पतालभित्र जान र भित्रकालाई बाहिर जान दिइएको छैन। उक्त अस्पतालमा भर्ना गरिएका बिरामीहरुलाई भने दुईपटक कोरोना जाँच गर्दा नेगेटिभ देखिएको थियो । उक्त अस्पतालका २७० बिरामी र नर्सहरुको कोरोना परीक्षण गरिएको छ।

यस्तै अस्पतालका सम्पूर्ण आपत्कालीन र ओपीडी सेवाहरु बन्द गरिएका छन्। अस्पतालको क्यान्टिन खुला छ भने सोही क्यान्टिनबाट अस्पतालभित्र रहेका चिकित्सक र नर्सहरुलाई खाना खुवाउने काम भइरहेको छ ।

भारतमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमण बढाउनेमध्‍ये मुम्बइ पनि एक हो। यहाँका मेट्रो बसले कोरोना भाइरस बढाएको हो। महाराष्ट्रमा सबैभन्दा धेरै कोरोना भाइरस राज्‍यमा पर्दछ ।

सम्बन्धित समाचार