आज पृथ्वीको सबैभन्दा नजिक हुँदैछ चन्द्रमा, ठूलो र बढी चम्किलो देखिने

चैत २६ गते (आज) बर्षभरिकै सबैभन्दा ठुलो र चम्किलो चन्द्रमा आकाशमा देखिने छ । खगोलविद्का अनुसार यस्तो चम्किलो र ठुलो चन्द्रमा देखिने मौका चालु बर्षको अन्तिम पूर्णिमा अर्थात आज मात्र हुनेछ । यसरी सुपरमुन देखिने मौका बारम्बार पाइदैन ।

आज चन्द्रमा र पृथ्वीबीचको दूरी सबैभन्दा कम हुनेछ । पृथ्वी र चन्द्रमाबीच ३ लाख ८४ हजार ४ सय किलोमिटरको दूरी छ । यी दुबैबीच अधिकाशं दूरी ४ लाख ५ हजार ५ सय ९६ सम्म हुनसक्छ । तर सुपरमुनका समयमा पृथ्वी र चन्द्रमाबीचको दूरी घटेर ३ लाख ५६ हजार ९ सय किलोमिटरसम्म हुनेछ ।



आज देखिने सुपरमुनका क्रममा अरुबेला देखिने चन्द्रमा भन्दा आकारमा ठुलो देखिने छ । औसत दिनको तुलनामा चन्द्रमा आकारमा झण्डै १४ प्रतिशत ठुलो देखिन्छ । यसको चमक ३० प्रतिशतसम्म बढ्नेछ । यस पटक चन्द्रमा गुलावी रंगको हुनेछ ।

अंग्रेजी वेबसाइट द इन्डिपेन्डेन्टको रिर्पोट अनुसार सुपरमुन ७ अप्रिलको बेलुकी अनुमानित ११ बजेर ३० मिनेटमा देखिनेछ । सीएनइटीको रिपोर्ट अनुसार नेपालमा सुपरमुन ८ अप्रिलको अपरान्ह २ बजेर ३५ मिनेट  (जीएमटी) नेपाली समय अनुसार चैत २६ गते ८ बजेर २० मिनेटमा देखिने छ ।

सम्बन्धित समाचार