कोरोना भाइरससँग अहिले सारा विश्व एकजुट भएर कोरालाई हराउन लागि परेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर लगभग १५ लाख जनामा संक्रमण देखिएको छ भने ८८ हजार जनाको मृत्यु भएको छ । त्यस्तै ३ लाख २ हजार ३६७ जना उपचार पछि निको भए घर फर्किएका छन् ।
यसैबीच वैज्ञानिकले सन् २०२० मा आउने समुन्द्री तुफानलाई लिएर एक भविष्यवाणी गरेका छन् । यस तुफानबाट कुन कुन इलाकामा प्रभावित हुनेछन्, यसको भने अहिलेसम्म केहि पत्ता लाग्न सकेको छैन ।
कोलोराडो स्टेट युनिभर्सिटीका मौसम वैज्ञानिकले यस वर्ष अर्थात् सन् २०२० मा सारा विश्वभर १६ वटा भन्दा धेरै ठूला प्राकृतिक प्रकोप ९समुन्द्री तुफान० आउने भविष्यवाणी गरेका छन् ।
यी तुफानमा ८ वटा हेरिकन पनि सामेल रहेका छन् । जसमध्ये ४ तुफान अत्याधिक खतरनाक र शक्तिशाली हुन सक्छन् । शोधकर्ताहरुका अनुसार यस वर्ष कोरोना बाहेक अन्य ठूला दैविक आपत्ति आउने संकेत मिलेका छन् ।
The tropical and subtropical Atlantic generally is warmer than normal. The region with above-normal SSTs in Atlantic correlates fairly well with typical March SST pattern associated with above-normal #hurricane seasons. Exception is current cold anomaly in far North Atlantic. pic.twitter.com/2rzfTN8nKK
— Philip Klotzbach (@philklotzbach) April 2, 2020
वैज्ञानिकहरुले आउने वाला तुफानहरुको नाम बताईसकेका छन् । जसमा आर्थुर, बेरथा, क्रिस्टोबल, डोली, एडुअर्ड, फे, गोन्जालो, हन्ना, इजाइअस, जोसफिन, केली, लौरा, मार्को, नाना, ओम, रेने, स्याली, टेडी, विक्की र विल्फ्रेड रहेका छन् ।