२४ घण्टामा अमेरिकामा १ हजार ९०० र फ्रान्समा १ हजार ३४१ जनाले ज्यान गुमाए

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९०० ले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६९१ पुगेको छ । अमेरिकामा एकैदिन ३३ हजार ५३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २५ हजार ९२८ जना उपचारपछि निको भएका छन् । १० हजार ११ जनाको अवस्था गम्भीर रहेको । करिव ४ लाख २६ हजार उपचाररत छन् ।



भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेको छ । एकै दिन ४ हजार ७९९जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७ सयभन्दा बढी पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये २३ हजार २०६ जना उपचारपछि निको भएका छन् । ७ हजार ६६ जनाको अवस्था गम्भीर रहेको छ भने ८२ हजार ३३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ९५ हजार ६५७ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १६ लाख २ हजार ६ सय बढी रहेको छ ।

सम्बन्धित समाचार