लकडाउन उल्लंघन गर्ने समुहले प्रहरीको हात काटेर भागे

भारतको पञ्जावमा लकडाउन उल्लंघन गर्ने एक समूहले प्रहरी अधिकारीको नै हात काटिदिएका छन् । आइतवार विहान ६ः१५ बजे पटियालास्थित तरकारी बजारमा लकडाउन उल्लंघन गरिरहेका चार जनाको समूहले स्थानीय प्रहरी असई हार्जीत सिंहको हात काटिदिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनीहरुको गाडी तरकारी बजारमा प्रवेश गर्ने क्रममा प्रहरी टोलीले लकडाउनमा सवारी चलाउन पाउने पास नभएको भन्दै रोकेको थियो । उक्त निहुँमा उनीहरुले प्रहरीमाथि आक्रमण गरेका भारतीय सञ्चारमाध्यमहरुमा खबर प्रकाशित छ ।



आक्रमणमा प्रहरी असई सिंहको हात काटिएको हो भने उक्त घटनामा अन्य प्रहरी अधिकारीको पनि काँध, कुहिनो तथा खुट्टामा चोट लागेको सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

प्रहरीलाई आक्रमण गरेपछि उनीहरु गुरुद्वारा खिचडी शाहिबतर्फ भागेका थिए । असई सिंहको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि चण्डीगढको पीजीआई अस्पतालमा पठाईएको छ ।

सम्बन्धित समाचार