कोरोना भाइरस: अमेरिकामा अस्पतालको पार्किङ स्थलसम्मै शव

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले विश्व आक्रान्त छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपेली मुलुक हुँदै अहिले अमेरिका सबैभन्दा बढी असर परेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २४ सय बढीले ज्यान गुमाएका छन् । हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार ४७ पुगेको छ ।

अमेरिकामा एकैदिन २६ हजार ९ सय बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख १३ हजार ८ सय बढी पुगेको छ ।अमेरिकामा संक्रमितमध्ये ३८ जार ८२० जना उपचारपछि निको भएका छन् । अझै १३ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ४९ हजार बढी उपचाररत छन् ।



केही हप्ता पहिले इटालीको अवस्था यस्तै भयावह थियो । सामाजिक सञ्जालमा इटालीमा शव व्यवस्थापन गर्न नसकेर शव नै शवको लस्कर लगाइएका तस्वीरहरु समेत सार्वजनिक भएका थिए । इटालीमा हालसम्म ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । यो अमेरिका पछि सबैभन्दा बढी हो । अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गर्दा शव व्यवस्थापनमा पनि निकै समस्या देखिएको छ ।

अमेरिकाको डेट्रोइटस्थित सिनाई(ग्रेस अस्पतालको ईमरजेन्सी कक्षका कर्मचारीहरुबीच सेयर गरिएका केही तस्वीरलेले जो केहीको मन छिया छिया पार्छ । अस्पतालका खाली कोठा र पार्किङ स्थलमै कोभिड(१९ बाट मृत्यु भएकाहरूका शव राखिएका छन् ।

अस्पतालका कर्मचारीहरूका अनुसार उनीहरूलाई अध्ययन र आराम गर्न छुट्याइएका कोठामा कोभिड १९ का मृतकको शव राख्‍ने गरिएको छ। खासगरी, मुर्दाघरका कर्मचारी राति काम गर्दैनन्। र, मुर्दाघर पनि खाली छैनन्।

सम्बन्धित समाचार