बेलायतमा ४० जना स्वास्थ्यकर्मीले ज्यान गुमाए

बेलायतमा कोभीड १९ बाट ज्यान गुमाउनेको संख्या १२ हजार नाघेको छ । मंगलबार अबेर सार्वजनिक तथ्यांक अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १२ हजार १ सय ७ पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ले पछिल्लो २४ घन्टामा थप ७ सय ७८ जनाको मृत्यु भएको जानकारी दिएको छ भने थप ५ हजार २ सय ५२ जना कोरोनाबाट संक्रमित भएका छन् । हालसम्म बेलायतमा संक्रमित हुनेको संख्या कुल ९३ हजार ८ सय ७३ पुगेको छ । कोरोनाको संक्रमणबाट कम्तिमा ४० जना स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन् ।

यसैगरी विश्वभर कोरोना संक्रमतिको संख्या मंगलबार मध्यरातसम्म दुई मिलयन (२० लाख) नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार संक्रमितको संख्या १९ लाख ८१ हजार ९१२ पुगेको हो । यस्तै मृतकको संख्या १ लाख २५ हजार ७५ पुगेको छ भने ४ लाख ६६ हजार निको भएर घर फर्किएका छन् ।



मंगलबार मात्रै विश्वभर ५८ हजार नयाँ संक्रमित भेटिएका छन् भने मृतकको संख्या पनि ५५ सयको हाराहारीमा रहेका छन् ।

सम्बन्धित समाचार