भारतमा कोरोनाका कारण चार डाक्टरसहित ४ सय १५ जनाको मृत्यु

कोरोना भाइरसका कारण भारतभर ज्यान गुमाउनेको संख्या ४ सय १५ नाघेको छ । बुधबार २० संक्रमितको ज्यान गएको छ। महाराष्ट्रको पुणेमा पछिल्लो २० घन्टामा ४ जनाको ज्यान गएको छ । त्यस्तै उत्तर प्रदेशमा भर्ना भएका ३ जना संक्रमितको पनि मृत्यु भएको छ।

पुणेमा हालसम्म ४२ जनाको ज्यान गइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतको महाराष्ट्रमा मात्र १ सय ८२ जनाको ज्यान गइसकेको छ । त्यस्तै मेघालयमा बुधबार एक जना डाक्टरको निधन भएको छ । मेघालयमा कोरोना संक्रमणबाट यो पहिलो मृत्यु हो।



यससँगै भारतमा चार जना डाक्टरको ज्यान गइसकेको छ । त्यस्तै मध्य प्रदेशमा ५५, गुजरातमा ३० जनाको कोरोना संक्रमणकै कारण निधन भइसकेको छ। त्यसैगरी भारतको राजधानी दिल्लीमा पनि ३० जना संक्रमितको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार