बाटोमै मज्जाले सुतेका सिंहहरु

कोरोना भाइरसको विश्वव्यापी महामारीले मानवीय गतिविधि प्रायः अधिकांश क्षेत्रमा घरभित्र सीमित भएका छन् । मानिसहरु घरमै बस्न बाध्य छन् संक्रमणबाट जोगिनका लागि । अत्यावश्यक बाहेकका सेवाहरु खुलेका छैनन्, सार्वजनिक स्थानमा मानिसको चहलपहल लगभ शून्य जस्तै छ विश्वका अधिकांश क्षेत्रमा ।

कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउनले खुशी हुने समुदाय पनि छन् । त्यो समुदाय हो वातावरण र जंगली जनावर । मानिस घरमा सीमित भएपछि जनावरहरु स्वच्छन्द भएका छन् । वातावरण स्वच्छ भएको छ ।



जंगली जनावरले मानिसको गतिविधि कम भएको थाहा पाउँछन् र आफूलाई निर्धक्क बनाउने गर्छन् । यस्तै गरेका छन् दक्षिण अफ्रिकाका सिंहहरुले । मानिसहरु लकडाउनका कारण बाहिर ननिस्किएको थाहा पाएका दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरु बाटोमै आएर आराम गर्न थालेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउन अन्तर्गत क्रुगर राष्ट्रिय निकुञ्ज मार्च २५ सम्मका लागि बन्द गरिएको छ ।

सम्बन्धित समाचार