अमेरिका र क्यानडाको सीमा थप एक महिना बन्द

कोरोना भाइरसको संक्रमण नरोकिएपछि अमेरिका र क्यानडाको सीमा अरू एक महिना बन्द हुने भएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि गत चैत्र ६ गतेदेखि बन्द अमेरिका र क्यानडाको सीमानाका अरू ३० दिन बन्द गर्ने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले जनाएका छन् ।

अत्यावश्यक सेवा प्रदायक व्यक्ति तथा ढुवानी सेवा भने पूर्ववत अवस्थामै सञ्चालन हुनेछ । अत्यावश्यक सेवा आपूर्ति गर्ने ट्रक, विमान, रेल तथा पानी जहाजहरु भने सीमा नाका बन्द हुँदा पनि रोकिएका छैनन् ।



अमेरिकाले आन्तरिक तथा बाह्य यात्रा प्रतिबन्ध जुन ३० सम्म लम्ब्याउने घोषणा गरेलगत्तै क्यानडाले पनि थप ३० दिनलाई सीमा बन्द गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार