नेपाल आयल निगमद्वारा ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमतिपत्र खारेज (सूचीसहित)

नेपाल आयल निगमले उद्योग सञ्चालन अनुमति लिएर ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमति खारेज गरेको छ । अनुमति लिने तर उद्योग निर्माण र उत्पादन नगर्ने ती उद्योगहरूको अनुमतिपत्र खारेज गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

२०७१ माघ १४ गतेपछि ५३ ग्यास उद्योगले नयाँ तथा शाखा उद्योग सञ्चालन गर्ने भन्दै अनुमतिपत्र लिएका थिए । तर, यी कम्पनीहले उद्योग निर्माण र ग्यास उत्पादन गरेका थिएनन् । निगमले आफूलाई सम्पर्क गर्न आग्रह गर्दा पनि उनीहरू सम्पर्कमा नआएपछि आजदेखि खारेजीमा परेका हुन् ।



३ वटा उद्योगहरू भने निर्माण सम्पन्न गरी पिडिओ प्राप्तिका लागि निगमको सम्पर्कमा आएका छन् । सैपाल ग्यास उद्योग प्रालि कैलाली, सगरमाथा ग्यास इन्डस्ट्रिज प्रालि नवलपरासी र सीता ग्यास उद्योग प्रालि धादिङलाई मात्रै पिडिओ जारी गरिएको निगमले जनाएको छ ।

अनुमतिपत्र खारेजसम्बन्धी नेपालल आयल निगमले प्रकाशित गरेको सूचनाको पूर्ण विवरण:

सम्बन्धित समाचार