विश्वव्यापी फैलदैं गएको कोरोना महामारीका कारण भारत पनि नराम्ररी प्रभावित भएको छ । त्यहाँ संक्रमित हुने व्यक्तिको संख्या दिनानुदिन बढ्दै गइरहेको छ तथापि तेश्रो चरणमा चाहिं प्रवेश नगरेको भारतीय स्वास्थय मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएपछि भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५०७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यस्तै कुल संक्रमितको संख्या पनि १५ हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म भारतमा कुल १५ हजार २०५ रहेको छ । यसमध्ये २२ सय ३० जना निको भएर घर फर्किएका छन् ।