भारतमा कोरोना भाइरसः लकडाउन केही खुकुलो, मृत्यु हुनेको संख्या ५९०

भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ६०१ पुगेको छ । त्यसमध्ये ३२ सय ५१ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

यसैबिच भारतमा सोमबारदेखि लकडाउन केही खुकुलो पारिएको छ । निर्माण, उत्पादन तथा कृषि क्षेत्रमा सुरक्षात्मक उपाय अपनाएर काम गर्ने छुट दिइएको छ । तर कामदारलाई बस्ने व्यवस्था कार्य क्षेत्रमै गर्नु पर्ने भएको छ । तर हटस्पट क्षेत्रहरुमा भने लकडाउनलाई खुकुलो पारिएको छैन ।



सम्बन्धित समाचार