कालोबजारी गरेको आरोपमा काठमाडौं स्थित दुई औषधि पसललाई दुई लाख जरिवाना

औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा दुई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अनुगमनका क्रममा औषधि तथा स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको पाइएपछि दुई पसललाई कारबाही गरेको जानकारी दिए ।

उनले भने, ‘साथीहरुले अनुगमनका बेला थर्मल गर्न तथा औषधि अधिक मूल्यमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेका हुन् ।’



त्रिपुरेश्वरमा रहेको शिरिष सप्लायर्सले थर्मल गन बढी मूल्यमा बिक्री गरेको पाइएको र त्रिपुरेश्वरकै इन्टरनेशनल प्याथो साइन्टिफिक ट्रेडर्सले सोडियम हाइपोक्लोराइड बढी मूल्यमा बिक्री गरेको पाइएपछि विभागले कारबाही गरेको उनले बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) ३८ (ङ) को कसुरमा ३९ (१) (ख) बमोजिम दुवै पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार