
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताए । संक्रमण देखिएका उनी उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् ।
योसँगै नेपालमा संक्रमितको आधिकारिक संख्या ३२ पुगेको छ । उदयपुरका थप ८ मा पनि कोरोना भाइरसको संक्रमण आशंका गरिएपछि थप परीक्षणका लागि धरान पठाइएको छ ।
