
कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुईजना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका प्रवत्ता डा. अनुप बास्तोलाले बताए ।
उनले भने,‘दुवै जनाको पीसीआर रिपोर्ट नेगटिभ आएपछि उहाँहरुलाई डिस्चार्ज गरेका छौँ ।’
