थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ पुग्यो

धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या ४५ पुगेको छ ।

धरानस्थित प्रतिष्ठानमा पीसीआर परीक्षण गरिएका २४, ६० र ७२ वर्षका तीन पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित व्रिफिङका क्रममा बुधबार मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।



उनीहरुको अहिले धरानमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार