नवकान्तिपुर संवाददाता
नुवाकोट, ११ बैशाख ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नुवाकोट कांग्रेसले जिल्लाका सबै १२ वटा गाउँपालिका र नगरपालिकाका पार्टीका सभापतिमार्फत सबै वडा तहका नेपाली कांग्रेस सभापतिहरूद्वारा जिल्लाका व्यवसायिक कृषिमा संलग्न वृद्धवृद्धा र किसानका लागि ८ हजार ८ सय मास्क वितरण गरिएको छ ।
पार्टीका तर्फबाट मङ्गलबार गाउँ र नगर सभापतिलाई मास्क हस्तान्तरण गरिएको छ । सो मास्क सबै वडामा दामासाहीले हुनेगरी फ्रन्टलाइनमा रहेर कृषि कर्ममा संलग्न किसान र वृद्धवृद्धालाई वितरण गरिएको कांग्रेस नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले नवकान्तिपुर डट कमलाई बताए ।

नवकान्तिपुर डट कमसँग कुरा गर्दै केसीले पार्टीले आउँदा दिनमा पनि जनताको दुःखमा सक्दो सहयोग गर्दै जाने पनि बताएका छन् । यस कार्यमा लगनशील भएर पार्टीलाईको सहयोग गर्ने नेपाली कांग्रेस सम्पर्क समितिका सम्पूर्ण कार्य समितिका साथीहरूमा नुवाकोट कांग्रेसले पार्टीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
सोही अवसरमा यशोदादेवी भगवानसिंह केसी मेमोरिल ट्रस्टले नुवाकोटको एम्बुलेन्स चालक १९ जनालाई पीपीई र रसुवा जिल्लाको लहरेपौवा र कालिकादेवी गाउँपालिकामा रहेका १० स्वास्थ्य चौकीलाई ५-५ पीपीईसमेत उक्त संस्थाका प्रमुख डा.केदार नरसिंह केसी र महासचिव जगदीश्वरनरसिंह केसीले संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

