लकडाउनपछि एकताका बाँकी काम पूरा हुन्छः नेता महतो

एकीकृत नयाँ पार्टीको दर्ताका लागि निर्वाचन आयोगमा बिहीबार निवेदन दिएको जनता समाजवादी पार्टीका नेताले एकीकरणको काम लकडाउन सकिए लगत्तै पूरा गर्ने बताएका छन् । दल दर्ताका लागि निर्वाचन आयोग पुगेका राष्ट्रिय जनता पार्टी ९राजपा० का नेता राजेन्द्र महतोले पत्रकारलाई प्रतिक्रिया दिँदै लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका हुन् ।

कोरोना भाइरसको महामारीको अवस्थामा हालको प्राथमिकता संक्रमणबाट जोगिने रहेको बताएका नेता महतोले भने, ‘नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हो । लकडाउनपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने छौँ ।’



बुधबार अबेर राति राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकता गर्ने सहमति भएको थियो । दुवै पार्टीबिच सम्माजनक रुपमा पार्टी एकता गर्ने सहमति भएको नेता महतोले बताए ।

नेता महतोले पार्टी नफुट्ने दाबी गर्दै भने, ‘राजपा र समाजवादीमा फुटको कुनै सम्भावना छैन । हामीले सम्मानजनक एकता गरेका छौँ ।’

सम्बन्धित समाचार