साइबर अपराधको अभियोगमा पक्राउ परेका पूर्व सचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । साइबर अपराध सम्बन्धी घटनामा प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार ललितपुरबाट पक्राउ गरेको थियो।
उनले केही समय अघि मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो।
यस्तै उनले सामाजिक सन्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ ‘वरिष्ठ भाइरोलजिष्ट तथा ईपिडिओमोलजिष्ट’ डा। ओली भनेर लेखेका थिए ।