सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाक्रीले विवादास्पद अध्यादेश फिर्ता लिँदैमा सरकारमाथि आइलागेका राजनीतिक र नैतिक प्रश्न समाप्त नहुने बताएकी छन् ।
मन्त्रीपरिषदले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी जारी भएका दुई अध्यादेश खारेज गर्ने निर्णय गरेलगत्तै सामाजिक सञ्जाल ट्विटरमा नेत्री झाक्रीले राजनीतिक र नैतिक प्रश्नहरु समाप्त नहुने उल्लेख गरेकी हुन् ।
‘अध्यादेश फिर्ता भयो रे, के योसँगै सम्पूर्ण राजनितीक र नैतिक प्रश्न सकिन्छ ? झाक्रीले लेखेकी छन्, ‘मलाई लाग्छ सकिँदैन।’ उनले अध्यादेश फिर्ता लिएपछि अब के हुन्छ भनेर पनि प्रश्न गरेकी छन् ।
यसअघिको ट्विटमा उनले मानवीय संकटको यो बेला एकाएक मन्त्रीपरिषदबाट विवादास्पद अध्यादेश पास गर्नु शितल निवासबाट खाम साटेर हिँड्नु, विपक्षी दलका सांसदलाई अपहरण शैलीमा होटलमा राख्नु, अनि बहुराष्ट्रको उदेश्य पूरा गर्न मधेशबादी दलको एकता, के नेपाली राजनितीका यि सामान्य घटना हुन्रु यी घटनाको पछाडी कसको हात छ रु भनेर पनि प्रश्न गरेकी छिन् ।
अध्यादेश फिर्ता भयो रे!
के योसंगै सम्पूर्ण राजनितीक र नैतिक प्रश्न सकिन्छ?
मलाई लाग्छ सकिदैन।
अब के हुन्छ?— Ram kumari Jhakri (@Jhakri_didi) April 24, 2020