सबैतिरबाट चर्को विरोध र आलोचनापछि मन्त्रिपरिषद्लले फिर्ता लिएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धित दुवै अध्यादेश खारेज भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
सरकारको निर्णयको आधारमा राष्ट्रपतिले अध्यादेश खारेज गर्ने संवैधानिक व्यवस्था छ । दुवै अध्यादेशको पार्टीभित्रै र नागरिक स्तरबाट चर्को आलोचना भएको थियो ।