कोरोनाभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बाबुरामको टिप्पणी

दुई पार्टीको एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ओली प्रवृत्ति खतरनाक भएको टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो प्रवृत्ति सदाका लागि विदा गर्नुपर्ने बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री केपी ओलीको चरित्रलाई भष्मासुरको समेत संज्ञा दिएका छन् । ‘अति भएपछि खति हुन्छ’, उनले लेखेका छन्, ‘यो कोरोना भाइरसभन्दा खतरनाक ओली प्रवृत्ति सदाका निम्ति विदा गरौँ १ नत्र यो भष्मासुरले सखाप पार्नेछ ।’ भट्टराईले सबै पार्टीहरू, सञ्चार माध्यम, नागरिक अभियन्ता लगायतले ‘ओली प्रवृत्ति’ को छिटोभन्दा छिटो अन्त्य गुर्नपर्ने बताएका छन् ।



भट्टराईले प्रधानमन्त्री ओलीको कार्यशैलीलाई विश्वका विभिन्न तानाशाहसँगसमेत तुलना गरेका छन् । उनले जर्मन शासक हिटलर, रुसी नेता स्टालिन तथा रुमानियाका कम्युनिष्ट नेता निकोलाइ चाउचेस्कुसँग तुलना गरेका हुन् । उनले यी शासकले आफ्नै प्रवृत्तिका कारण पतन हुनु परेको धारणा राखेका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धित दुवै अध्यादेश ल्याएका थिए । सबैतिरबाट चर्को विरोध र आलोचनापछि शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध गर्ने अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरेकी हुन् ।

राजनीतिक दलसम्बन्धी संशोधन अध्यादेश जारी भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीको एकता भएको हो । एकीकृत पार्टी गठनको जानकारी निर्वाचन आयोगमा दर्ता भएसँगै समाजवादी र राजपा विभाजनबाट जोगिएका छन् । समाजवादीकी उपाध्यक्ष रेणु यादव नेतृत्वमा असन्तुष्ट समूहले शुक्रबारसम्म छुट्टै पार्टी गठन गर्ने तयारी गरेको थियो । असन्तुष्ट समूहमा यादवसहित मो. ईश्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ छन् ।

तर, एक सांसद उपत्यका बाहिर भएका कारण असन्तुष्ट समूहले समयमै नयाँ पार्टी गठन गर्न सकेन । यही समयमा समाजवादीले राजपासँग एकता गर्‍यो । बुधबार राजपा र समाजवादीबीच एकता प्रक्रिया फेरि सुरु भएको सूचना पाएपछि असन्तुष्ट समूहले सरकारको सहयोगमा उपत्यका बाहिर रहेका सांसद सुरेन्द्र यादवलाई तत्काल उपत्यका भित्र्याउने तत्परता देखायो ।

बिहीबार बिहान दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी दर्ता गराएका हुन्। दल दर्ताका लागि राष्ट्रिय जनता पार्टी ९राजपा० र समाजवादी पार्टीका नेता बिहीबार बिहानै निर्वाचन आयोगको कार्यालय पुगेका थिए। बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा जनता समाजवादी पार्टी, नेपाल १३८८ नम्बरमा दर्ता भएको छ । दल दर्ताका लागि राष्ट्रिय जनता पार्टीका संयोजक शरत सिंह भण्डारी र समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरी निवेदन दिएका थिए ।

सामाजिक संजाल फेसबुकमा भट्टराईले लेखेको स्टाटस जस्ताको तस्तै

ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं !!

– यो भष्मासुर प्रवृत्ति होस् हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ१ तर उसले पछि ऋषिहरू ( कुनै शास्त्रमा महादेव स्वयम्को)  टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण गरेर उसलाई नृत्यमा लठ्याउँदै आफनै टाउकोमा हात राख्न लगाएर उसको वध गर्छन् ! ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता,सांसद,विपक्षी दल, मिडिया,नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेछ !

– यो हिटलर प्रवृत्ति होस् जर्मन चान्सलर हिट्लरले कथित आर्य नस्लका शुद्ध जर्मन बाहेक यहूदी लगायत अन्य प्रति चरम घृणा र त्यसको जगमा जर्मन अन्धराष्ट्रवादको क्षणिक उन्माद जगाएर सत्ता प्राप्त गर्ने र अन्ततस् दोश्रो विश्वयुद्ध जन्माएर करोडौं मान्छेको ज्यान लिएको इतिहास ताजै छ।नेपालमा पनि ओली प्रवृत्तिले मधेसी लगायतका उत्पीडित जातिरसमुदायप्रति चरम घृणा र त्यसको जगमा एकल जातीय अहंकारवाद तथा अन्धराष्ट्रवादको खाँडो जगाएर सत्तामा पुग्ने र अहिले चौतर्फी वितण्डा मच्चाएर देशका सबै लोकतान्त्रिक संस्था ध्वस्त पार्दै र राज्यको अपराधीकरण गर्दै चरम संकटको स्थिति सिर्जना गरिरहेछ ।

– यो स्टालिन प्रवृत्ति होस् रूसी बोल्सेभिक क्रान्तिमा लेनिन पछिको अतुलनीय योगदान गरेका स्टालिनले सत्तामा पुगेपछि सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गरेर कम्युनिष्ट पार्टीका सबै विधिविधान र आन्तरिक जनवाद नष्ट गर्दै आफ्ना प्रतिद्वन्द्वी सबैको भौतिक सफाया गरेका थिए र अदूरदर्शी र लहडी आर्थिक नीति (मुख्यत: कृषि क्षेत्रमा ) लिएर लाखौं जनता भोकमरीले मर्ने स्थिति ल्याएका थिए।नेपालमा ओली प्रवृत्तिले झापा आन्दोलनमा चौध बर्ष जेल बसेको जस भजाएर पार्टीभित्रको सत्ता हत्याउने र पार्टी तथा राज्यको सत्ता प्राप्त गरेपछि पार्टी र राज्यका सबै विधि-प्रणाली भत्काएर निरंकुश बन्ने, पार्टी भित्र र वाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने,स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम वेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने,कोरोना संकटको वेला पार्टी फुटाउने खेलमा लागेर चरम ग़ैरज़िम्मेदारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ।

– यो चाउचेस्कु प्रवृत्ति होस् पूर्वी युरोपेली ‘कम्युनिष्ट’ देश रूमानियाका कम्युनिष्ट पार्टी सुप्रीमो तथा राष्ट्रपति निकोलाइ चाउचेस्कु र उनकी पत्नी तथा उपराष्ट्रपति एलिना चाउचेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारावर्गको आवरणमा यति धेरै भ्रष्टाचार,विलासिता ( उनको दरवार विश्वकै सबभन्दा ठुलो भवन मध्येमा गनिन्छ), फजुलखर्च, स्वेच्छाचारिता,आफन्त र आसेपासेवाद , मनपरीतन्त्र गर्थे र पार्टी नेतारकार्यकर्ता तथा जनता यति निरीह, लाचार,पीडित थिए कि अन्ततस् जनता र पार्टी कार्यकर्ता नै खुला विद्रोहमा उत्रिएर उनीहरूको अन्त्य गर्नुपरेको थियो१ नेपालमा ओली प्रवृत्तिले हुर्काएको यतिप्रकरणरओम्नीप्रकरण लगायतका अनगिन्ति भ्रष्टाचार,राष्ट्रपति र प्रधानमन्त्रीको फजुल खर्च र विलासी शैली र ढाँटबाँट,आसेपासेको बाक्लो घेरारउदण्ड शैली,मदन भण्डारी फाउन्डेशन लगायतका अनगिन्ति फ़ाउन्डेशन र एनजीओ र आइएनजीओको  विशाल तथा अपारदर्शी आर्थिक साम्राज्य एकातिर र अर्कोतिर संवैधानिक लगायत राज्यका अंगहरूको निरीहता,आम पार्टी कार्यकर्ता तथा जनताको दीनहीन अवस्था सबैको सामु छर्लंग छ१

अति भए पछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटो भन्दा छिटो सबै पार्टीहरू,संसद,अदालत,मिडिया,नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोनाभाइरसभन्दा ख़तरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाकानिम्ति विदा गरौं १ नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ !

https://www.facebook.com/DrBaburamBhattarai/posts/1902548903215944

सम्बन्धित समाचार