नेकपा केन्द्रीय सदस्यद्वारा नै प्रधानमन्त्री ओलीको राजीनामा माग

नेकपा केन्द्रीय सदस्यले आफ्नै पार्टीका अध्यय एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । केन्द्रीय सदस्य निरज आचार्यले यसअघि आफूले गल्ती गर्दा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएको दृष्टान्त पेश गर्दै आचार्यले ओलीले पनि राजीनामा दिनुपर्ने आशय प्रकट गरेका हुन् ।

पार्टी फुटाउन सजिलो हुने गरी राजनीतिक दल सम्बन्धी ऐन, विपक्षी दलको नेताविनै संवैधानिक परिषदको बैठक राख्न सक्ने गरी सरकारले जारी गरेको अध्यादेश फिर्ता भएपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना भइरहेको छ । अध्यादेश फिर्तापछि एकाएक रक्षात्मक बनेका ओलीले राजीनामा दिनुपर्ने आवाज पार्टीभित्र र बाहिर उठ्न थालेको छ ।



आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्टप्रधान मन्त्री र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले शिक्षामन्त्री को पदवाट नैतिकताका आधारमा राजीनामा दिए ।

६४ को संविधान सभामा आफ्नोदल पराजीत भएर तेस्रो स्थानमा पुगेपछि नैतिकता का आधारमा नेकपा एमालेका महासचिव माधवकुमार नेपाले पदवाट राजिनामा दिइएको र वर्तमान सरकारको मन्त्री परिषदका सदस्यहरु शेरबहादुर तामाङ र गोकुल वास्कोटाले फरक फरक समय र फरक विषयमा प्रश्न उठेपछि नैतिकताका आधारमा राजीननमा गरेका उदारणहरु छन् ।’

उनले राजनीतिमा नैतिकताको मूल्यको अर्थ रहनु पर्ने उल्लेख गर्दै अगाडि भनेका छन्, ‘राजनीतिमा नैतिकता भन्ने चिजको ठुलो महत्व छ । निष्ठा, ईमान्दारीता र नैतिकता विनाको पद प्राणहिन शरीर जस्तो हुदो हो ।’

सम्बन्धित समाचार