वीरगञ्जमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाको छपकैया टोलका थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
छपकैया मस्जिदमा भारतबाट आएर बस्दै आएका तीनजना कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा आएका दुईजनालाई संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरसको संक्रमण देखिएका छपकैया टोलका ५० वर्षीय पुरुष वीरगञ्ज महानगरपालिकाका सरसफाइ कर्मचारी हुन् । अर्का संक्रमित ५० वर्षीय पुरुष छपकैयासँगै रहेको घुसुकपुर टोलका निवासी हुन्
दुवैजनालाई नारायणी अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ । उनीहरु यसअघि सिद्धार्थ माविको क्वारेन्टाइनमा बसेका थिए ।
पकैयाको मस्जिदमा बसेका तीनजना भारतीय जमातीहरुमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि छपकैया र घुसुकपुर टोलका १ सय ४६ जना र पर्साका विभिन्न क्वारेन्टाइनमा राखिएका थप ४१ जना गरि १ सय ८७ जनाको थ्रोट स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएको थियो ।
उनीहरू मध्ये दुईजनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो ।