सांसद अपहरण प्रकरणमा जाहेरी दिन भट्टराईलगायत नेताहरु प्रहरी कार्यालयमा

नेकपाका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनालबिरुद्ध महोत्तरीका समाजवादी सांसद सुरेन्द्र यादवको अपहरण गरी काठमाडौँ ल्याएको जाहेरी दिन प्रहरीले अस्वीकार गरेपछि काठमाडौँ प्रहरी परिसरमा प्रहरी अधिकारीहरु र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरुबीच चर्काचर्की भएको छ ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी नेता बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरत्‌सिंह भण्डारी, अशोक राईलगायत नेताहरु आफ्नो पार्टीका सांसद डा। सुरेन्द्र यादवको बस्नेत, खनाल र श्रेष्ठलगायतले अपहरण गरी ल्याएको भन्दै जाहेरी दिन प्रहरी परिसर काठमाडौँ पुगेका थिए आइतबार दिउँसो ।



तर, मुद्दा फाँटका डीएसपी कृष्ण चन्दले घटना महोत्तरीमा भएकाले उतै जाहेरी दिनुपर्ने भन्दै जाहेरी लिन मानिरहेका छैनन् । काठमाडौँ प्रहरी प्रमुखका रुपमा आइतबार नै पदबहाली गरेका एसएसपी श्याम ज्ञवाली भने अहिले मेट्रो प्रहरी पुगेका छन् ।

नेताहरुले भने लकडाउनका बेला महोत्तरी गएर जाहेरी दिन असम्भव हुने भन्दै जाहेरी लिन आग्रह गरिरहेको बुझिएको छ ।

सम्बन्धित समाचार