गुराँस लाइफ इन्स्योरेन्स् लिमिटेडको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । गुराँस लाइफ इन्स्योरेन्स्मा बीमा गरेका बीमितले आफ्नो नियमित बीमा शुल्क इसेवाको मोबाइल एप्स् तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिन कम्पनीले जनाएको छ ।
यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनै पनि जोन पोइन्ट मार्फत बीमा शुल्क भुक्तानी गर्न सकिनेछ । गुराँस लाइफको प्रिमियम अनलाइन भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएसँगै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हामीले पछिल्ला दिनमा जीवन बीमाको प्रिमियम बुझाउन काउन्टर तथा एजेन्टसम्म पुग्नु पर्ने बाध्यतालाई अन्त्य गर्नका लागि यो सेवा सुरु गरेको बताए ।
उनले यस किसिमको सहकार्यले बीमितहरूले घरमै बसेर सजिलै सँग प्रिमियम भुक्तानी गर्न सकिने पनि बताए । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।